सुन्दरहरैंचा । मोरङ्गको सुन्दरहरैंचा नगरपालिकामा बाल सशक्तिकरण तालिम सञ्चालन गरिएको छ। सुन्दरहरैंचा नगरपालिका ४ का ६०जना बालबालिकालाई शशक्तिकरण तालिम प्रदान गरिएको हो।
सातदिने तालिममा बालबालिकालाई उद्घोषण, समाचार लेखन, नेतृत्व बिकास, बाल अधिकारलगायतका बिषयमा तालिम दिईएको नेप्ली मिडियाका निर्देशक हिमाल दाहालले जानकारी दिनुभयो। तालिममा प्रशिक्षकहरु लीलाराज भट्टराई, बिक्रम श्री, शेखर ढकाल, सञ्जय घोष, सीएन गौतमलगायतले सहजीकरण गर्नुभयो।
तालिम समापन कार्यक्रम बालबालिका आफैले सञ्चालन गरेका थिए। बालबालिका आफैले समापन कार्यक्रमको सञ्चालन र व्यवस्थापन गरेको देखेर सहभागिहरुले प्रसंसा गरेका थिए। समापन कार्यक्रममा प्रशिक्षक तथा नेप्ली मिडिया प्रालिका निर्देशक हिमाल दाहालले बालबालिकाको तालिम सञ्चालन गर्न पाउँदा खुसी व्यक्त गर्दै तालिममा सहभागि र पत्रकारितामा रुची राख्ने सहभागिहरुलाई छुट्टै एकदिनको तालिम निःशुल्क दिने घोषणा गर्नुभयो। दाहालले नेप्ली मिडिया प्रालिले बिभिन्न तालिमहरु सञ्चालन गर्ने गरेको भन्दै व्यक्तित्व र नेतृत्व विकास हुने तालिमहरुलाई प्राथमिकता दिएको बताउनुभयो।
वडालाई बाल मैत्री वडा बनाउने अभियानअन्तर्गत तालिम सञ्चालन गरिएको भन्दै वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले तालिम राम्रो भएको र बालबालिका क्षमतावान भएको टिप्पणी गर्दै आगामी दिनमा पनि बालबालिकाको बिकासको लागि तालिमहरु गरिरहने बताउनुभयो।
त्यस्तै नगर बालसञ्जाल सुन्दरहरैंचाका अध्यक्ष टेकनारायण तिम्सिनाले बालअधिकार र बाल श्रम शोषणबारे निगरानी आवश्यक रहेको भन्दै सुन्दरहरैंचाका बिभिन्न ठाउँहरुमा बालबालिकालाई सशक्त बनाउने कार्यक्रमहरु सञ्चालन भईरहेको र बालबालिकाको बिकासको लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा वडासदस्य दुर्गा चौधरीले आफ्ना बालबालिकाले पनि तालिम प्रभावकारी रहेको र चाँडै सकिएको प्रतिकृया दिँदै धेरै कुरा सिकेँ, रमाइलो भयो भनेर छोराछोरीहरुले भनेको भन्दै यस्तै तालिम फेरी फेरी दिइनुपर्ने बताउनुभयो।
सुन्दरहरैंचाका बालबालिका फोकल पर्सन तीर्थराज घिमिरेले तालिमले बालमैत्री वडा घोषणा गर्न सहयोग गर्ने बिश्वास व्यक्त गर्दै तालिममा सहभागि बालबालिकालाई नेप्ली मिडियाले एकदिने निःशुल्क पत्रकारिता तालिम दिन लागेकोमा धन्यवाद दिनुभयो। उहाँले तालिमको आयोजक संस्था नेप्ली मिडियालाई आगामी दिनमा पनि बालमैत्री वडा घोषणाको लागि सहयोग गर्न आह्वान गर्नुभयो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment