१५ दिने उद्घोषण तथा टेलिभिजन पत्रकारीता तालिम सम्पन्न

इटहरी । इटहरीमा आयोजित १५ दिने
उद्घोषण तथा टेलिभिजन पत्रकारिता तालिम सम्पन्न भएको छ ।

नेप्ली मिडिया प्रा. लि. र सप्तकोशी अनलाइनले गरेको तालिम शनिबार एक कार्यक्रमका बिच सहभागिलाई प्रमाणपत्र दिँदै समापन गरिएको हो । तालिममा १५ जनाको सहभागिता थियो ।

तालिमको समापन कार्यक्रममा बोल्दै नेपाली युवा उद्यमी मन्च सुनसरीका अध्यक्ष सूदिप घिमिरेले युवाहरुले नयाँ कुरा सिक्न चासो दिनु सकारात्मक भएको बताए । उनले सञ्चारमाध्यमलाई बुझेर युवाहरुले समाजलाई बुझ्न खोजेको बताउँदै समाज विकासको लागि सकारात्मक भएको बताएका थिए ।

सप्तकोशी आनलाइका निर्देशक विकल रेग्मीले तालिमको समापन भएको नभई, वास्तविक कामको सुरुवातका रुपमा अघि बढ्न आग्रह गरे ।

नेप्ली मिडिया प्रा लिका निर्देशक हिमाल दाहालले तालिमका विषयलाई व्यवहारमा उतार्दा आइपर्ने समस्या समाधानको लागि सहभागिहरुलाई पछिसम्म पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा तालिमका सहभागी साक्षी नेपाल, सुनिता खवास र उषा बरालले तालिमले आफूलाई सञ्चार र समाजबारे धेरै विषयमा जानकारी दिएको प्रतिक्रिया दिएका थिए । कक्षा तथा फिल्ड अध्ययनबाट आफूहरुले धेरै कुरा सिक्न पाएको बताए ।

१५ दिनको अवधिमा पूर्वका सञ्चारकर्मी तथा प्रशिक्षकहरुले उद्घोषण, टेलिभिजन पत्रकारीता, रेडियो तथा छापा पत्रकारिताका विषयमा प्रतिक्षण दिएका थिए ।

1 comment:

  1. Coin Casino UK Review & Bonus Offers | CasinoWow
    A detailed review of 코인카지노 가입코드 Coin Casino UK and claim exclusive bonuses. Check out our detailed review to see what's available for you and claim up to £50 in free

    ReplyDelete