इमपावरिङ लिडरसीप नाम दिइएको दुई दिने तालिम शनिबार सकिएको हो । एनएलपी ट्रेनर इन्द्र गुरुङ र राजेश्वरी श्रेष्ठ, ¥याडिसन होटलका ट्रेनिङ मेनेजर रुपेश श्रेष्ठ, मिस नेपाल सुगारिका केसी र त्रिभुवन विश्वविद्यालयका दिनेशमणि घिमिरेले दुई दिन तालिम दिएका थिए ।
ट्रेनरहरुले सहभागिहरुलाई नचाउँदै र खेलाउँदै जीवनउपयोगि सीपहरु सिकाएका थिए ।
तालिमले शिक्षा क्षेत्रका व्यवस्थापक तथा शिक्षकहरुको बुझाई र सिकाइमा प्रभाव पारेको सहभागिहरुले प्रतिक्रिया दिएका छन् । दुई दिनसम्मको तालिम निकै मनोरञ्जनात्मक र सिकाइपूर्ण रहेको विश्व आदर्श कलेजका प्रिन्सिपल गणेश दुलालले बताए । हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेले तालिम सोचेजस्तै स्तरीय भएको बताउँदै तालिमको महत्वको बारेमा चर्चा गरेका थिए ।
No comments:
Post a Comment