‘इतिहासमा इटहरी’ वृत्तचित्र प्रदर्शन


इटहरी । नेप्ली मिडिया प्रालिले वृत्तचित्र इतिहासमा इटहरी प्रदर्शन गरेको छ । दोस्रो पटक इटहरीमा वृत्तचित्र प्रदर्शन गरेको हो । प्रदर्शनमा ९२ वर्षिया वृद्धा विमला निरौलादेखि सुनसरी क्षेत्र नं. २ का सभासद् रेवतीरमण भण्डारीसमेतको उपस्थिती थियो । इटहरीको विकास क्रम र वर्तमान अवस्थाबारे चित्रण रहेको वृत्तचित्र इटहरीका पत्रकारहरुको समुहले निर्माण गरेको हो । ३५ मिनेटको वृत्तचित्रमा पुराना तथा नयाँ तस्वीर, स्केच, भिडियो तथा नक्साहरुको प्रयोग गरीएको छ ।
वृत्तचित्र हेर्न सुनसरी र मोरंगका विभिन्न कलाकार, साहित्यकार, पत्रकार, राजनीतिज्ञलगायतको उपस्थिती रहेको थियो । वृत्तचित्र हेर्नको लागि आएकी ९२ वर्षिया वृद्धा निरौला निकै उत्साहित थिइन् । इटहरीको इतिहास हेर्न रहर गरेर सिनेमाहल सम्म आइपुगेकी छिमेकी सम्झना दाहालले बताइन् । नगरको इतिहास समेटेर वृत्तचित्र बनाइएको यो नेपालमै पहिलो भएको कम्पनिका निर्देशक हिमाल दाहालको दावी छ । वृत्तचित्र प्रदर्शनसँगै प्रालि पुस्तक प्रकाशनको तयारीमा समेत रहेको जनाइएको छ । वृत्तचित्र निर्माणको लागि दुई वर्ष समय लागेको थियो । ड्रोन क्यामेराको समेत प्रयोग गरिएको वृत्तचित्र निर्माण गर्न निकै ठूलो मेहेनत लागेको निर्देशक आशीष विकले जानकारी दिए ।
वृत्तचित्रमा इटहरीको शिक्षा, स्वास्थ्य, कला, साहित्य, अर्थ, उद्योग, विकास निर्माण तथा समस्याको विषयमा जानकारी प्रस्तुत गरिएको छ । पुराना तस्वीर र भिडियो यथासम्भव प्रयोग गरिएको जनाउँदै इटहरीको लिखित इतिहास नभएकोले वृत्तचित्र बनाउन निकै गाह्रो भएको निर्माण समुहले जनाएको छ । निर्माण समुहमा इटहरीका पत्रकारहरु मिलन बुढाथोकी, विवेक भट्टराई, शेखर ढकाल, सन्तोष धमला, मोहन तिम्सिनालगायतको सहभागिता थियो ।
२०७३ साल माघ

No comments:

Post a Comment