धरानको पर्यटन प्रवर्धन गर्न यस्तो बन्यो वृत्तचित्र (भिडियोसहित)

धरान । धरान उपमहानगरपालिकाले युट्युब मार्फत धरानलाई चिनाउने भिडियो सार्वजनिक गरेको छ । 

उक्त भिडियोमा धरानको इतिहास, संस्कृति र विकास निर्माणका कुराहरु समेटिएको छ । धरानका असपासका मठ–मन्दिर शैक्षिक क्षेत्र, स्वास्थ्य संस्थाहरुको बारेमा वर्णन गरिएको भिडियोमा विभिन्न जातजातिको संस्कृति, खेलकुद लगायतका कुराहरुलाई समेटिएको छ । 

भिडियोमा ड्रोन क्यामरेका प्रयोग गरेर खिचिएका दृष्यहरु एकदमै मनमोहक छन् । सञ्चारकर्मी हिमाल दाहालको लेखन निर्देशनमा बनेको भिडियोमा किशोर थुलुङले स्वरांकन गरेका छन् भने डकुमेन्ट्रीको छायांकन रोहित खनालले गरेका हुन् ।  विशेष गरी धरानलाई चिनाउने र पर्यटन उद्योगलाई बढावा दिने गरी भिडियो तयार गरिएको छ ।


भिडियो नेप्ली मिडिया प्रालीले निर्माण गरेको हो । नेप्लीले यस अघि इटहरीको इतिहाससम्बन्धी वृत्तचित्र झण्डै २ वर्ष लगाएर निर्माण गरेको थियो । दाहालले छोटो समयमा मेहेनत गरेर धरानको भिडियो बनाएको बताउदै आगामी दिनमा अझ राम्रा भिडियो निर्माण गर्ने बताए ।

‘स्तरीय र देखाउन मिल्ने काम गरौं भन्ने सोचाईले काम गर्ने गरेका छौं,’ नेप्लीका निर्देशक हिमाल दाहालले भने, ‘स्थानिय तहमा धेरै बजेट कागजी वृत्तचित्र बनाएर खर्च हुने गरेको छ, तर हामी वास्तवमै काम गर्छौं ।’

 धरान उपमहानगरपालिकाको लगानिमा नेप्लीले वृत्तचित्र बनाएको हो । नेप्लीले तालिम, रिसर्च, विग्यापन निर्माण लगायतका कामसमेत गर्ने गरेको छ ।
published on newslaya. शुक्रबार ०६, पुष २०७५

No comments:

Post a Comment