रामधुनीमा पिछडिएका वर्गलाई व्यक्तित्व विकास तालीम

इटहरी – सुनसरीको रामधुनी नगरपालिकामा ७ दिने व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम शुरु भएको छ। वडा नं ६ का रहेका पिछडिएका वर्गका महिलालाई लक्षित गरी नेप्ली मिडिया प्रालिले तालीमको आयोजना गरेको हो।

वडा नं ६ को आर्थिक सहयोग र नेपाल पिछडिएका वर्गको सहकार्यमा आयोजित कार्यक्रममा २० देखी ५५ वर्ष उमेर समूहका ३० जना महिलाको सहभागिता रहेको छ। स्थानीय स्तरका महिलाको व्यक्तित्व विकास गरी समाजमा भएका कुनै पनि समस्या समाधानको पहल गराउने र उपयुक्त स्थानसम्म त्यसको समाधानको खोजी गराउन सक्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम सञ्चालक सुमन भट्टराईले बताए।

तालीममा सहभागी महिलाले स्थानीय सरकार आएपछि धेरै कार्यक्रम आएका तर कार्यक्रमको बारेमा थाहा नपाउँदा आफूहरूलाई समस्या भएको गुनासो गरेका थिए। महिलाहरू पहिलो पटक यस्तो तालीम लिँदा भविष्यमा थप सहज हुने बताउँछन्।

समाजमा महिला हिंसा बढ्दै गएको र त्यसको विरुद्धमा महिलाहरूको भूमिका नै महत्त्वपूर्ण रहने वडा कार्यालयले जनाएको छ।

No comments:

Post a Comment