अक्सफोर्ड इन्ष्टिच्युट र नेप्ली मिडिया प्राईभेट लिमिटेडले सञ्चालन गरेको उक्त तालिममा इटहरी र यस आसपासका विभिन्न स्थानका २० जना शैक्षिक युवाहरुको सहभागिता रहेको छ ।
तालिमको शुभारम्भ कार्यक्रममा नागरिक समाज इटहरीका अध्यक्ष कमलेश शर्मा पौडेलको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रममा आएका सहभागिलाई पौडेलले शिक्षाको साथमा हातमा सीप समेत आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा अग्रज पत्रकार याम प्रधान, अक्सफोर्ड ट्रेनिङ्ग सेन्टरका सञ्चालक नविन पाण्डे, नेप्ली मिडिया प्रा. लि. का सञ्चालक हिमाल दाहाल लगायतले तालिमका विषयमा आ आफ्नो विचारहरु राख्नुभएको थियो ।
पछिल्लो समययमा विभिन्न पेशा र ब्यवसायका कार्यालय एवम कारोवारका क्षेत्रमा कार्यालय सहयोगी र जनसम्पर्क कर्मचारीको माँग अधिक रहेकोले तालिम आयोजना गरिएको सञ्चालक पाण्डेले बताउनुभयो ।
अक्सफोर्ड र नेप्ली मिडिया प्रालिले विभिन्न तालिमहरु गर्ने गरेको छ । सीप सिकाउनेदेखि दक्षता वृद्धि गर्ने तालिमहरु दुवै संस्थाले छुट्टा छुट्टै आयोजना गर्दै आउने गरेको भए पनि अव दुवै मिलेर गरेको यो पहिलो तालिम भएको जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment