लेटाङ । मोरंगको लेटाङमा तीन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । महाभारत सामुदायिक वन उपभोक्ता समुहले आयोजना गरेको तीन दिने तालिम सोमबार सकिएको हो ।
संस्थाका सदस्यहरुको क्षमता विकासका लागि आयोजिता तालिममा नेप्ली मिडिया प्रालिका हिमाल दाहाल, सोनु जयन्ती तथा सीएन गौतमले तालिम दिएका थिए ।
तालिमले सहभागिहरुलाई अगाडी उभिएर बोल्न सक्ने बनाएको समुहका अध्यक्ष यज्ञबहादुर लिम्बुले बताए । ‘पहिले अगाडी उभिँदा डराउने र नाम पनि भन्न नसक्ने अवस्था थियो,’ उनले भने, ‘तर अहिले परिचय मजाले दिने र आफूलाई लागेका कुरा पनि भन्न सक्ने बनेका छन् ।’
सहभागिहरुले समापन कार्यक्रममा तालिमको विषयमा आफूलाई मनमा लागेका कुरा बताएका थिए । उनीहरुले निर्धक्क साथ बोलेको देखेर लेटाङ ६ का वडाध्यक्ष तथा समापन कार्यक्रमका प्रमुख अतिथी जंगवीर तामाङ पनि छक्क परेका थिए । ‘तालिम निकै उपयोगि भयो भन्ने मैले अनुभव गरेँ,’ उनले भने, ‘म आफै पनि सहभागि हुन चाहन्थेँ, तर नयाँ बजेटमा योजना छनोटको कामले गर्दा भ्याइएन ।’
समापन कार्यक्रममा वडा सदस्यहरु यमबहादुर तामाङ, रामचन्द्र भण्डारी, पूर्व प्रधानपञ्च नीर बिक्रम किराँतीलगायतको उपस्थिती थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment