इटहरीमा २४, २४, २४ पत्रकारिता अभियान सम्पन्न




इटहरी । इटहरीमा २४, २४, २४ पत्रकारिता अभियान कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनिधिले सपथ खाएको तीन वर्ष पुरा भएको अवसरमा बुधबार बिहान ७ बजेदेखि सुरु भएको अभियान बिहीबार बिहान ९ बजे सम्पन्न भएको हो ।

अभियानअन्तर्गत २४ घण्टा नै जागै बसेर इटहरीमा चार जना पत्रकारहरुले प्रत्येक घण्टा इटहरीसम्बन्धि समाचार प्रकाशन गरेका थिए । समाचारले इटहरीका जनप्रतिनिधिले गरेको उपलब्धी, चुनौति तथा सम्भावनालाई खोतलेको छ भने समस्याहरुसमेत उजागर गर्ने अभियानका संयोजक सुरेश कार्कीले जानकारी दिए ।

इटहरी उपमहानगरपालिकाको सहयोगमा नेप्ली मिडिया प्रालिले गरेको उक्त कार्यक्रममा लायन्स क्लब अफ इटहरी एक्टिभ, लायन्स क्लब अफ इटहरी स्मार्ट सिटि र बगैँचा टोल विकास संस्थाको समन्वय रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रेस संगठन प्रदेश एक लिलाराज भट्टराईले यो अभियान सञ्चालन गर्ने इटहरी उपमहानगरपालिका नेपालमै पहिलो भएको बताए । भट्टराईले २४ घण्टामा २४ समाचार लेख्नु सामान्य कुरा नरहेको बताए । इटहरीका वास्तविक अवस्था उजागर गर्न यस अभियानले ठुलो भुमिका खेल्ने उनको भनाई छ ।

Video : https://www.facebook.com/neplee/videos/690466058200873/ 

न्यूजलय  बिहीबार २५, असार २०७७

No comments:

Post a Comment